लमजुङ — ‘लमजुङे बाजा’ बोलको नयाँ पन्चेबाजा गीत सार्वजनिक गरिएको छ। समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत लमजुङ जिल्लाका रमणीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण विभिन्न स्थानहरूमा छायांकन गरिएको हो।
गीतमा गायक रमेश परियार र शान्ति सुनारको सुमधुर स्वर सुन्न सकिन्छ। प्रेम, परम्परा र संस्कृतिको भावलाई केन्द्रमा राखेर तयार पारिएको म्युजिक भिडियोमा मोडल सुनिल न्यौपाने र रीना गुरुङले जीवन्त अभिनय प्रस्तुत गरेका छन्।
भिडियोको छायांकन विशाल थापाले गरेका हुन् भने कोरियोग्राफी अर्जुन बिसीको रहेको छ। सम्पादन विभोर पोख्रेलले गरेका छन्। गीतको निर्देशन दिलिप समनले गरेका हुन्।
स्थानीय कला, संस्कृति र पन्चेबाजाको मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ तयार पारिएको यस गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।





