काठमाण्डौ – काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि गएराति काठमाण्डौ नै फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाण्डौ फर्कँदा यात्रु अलपत्र परेका छन् ।
एयरलाइन्सका कर्मचारीले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई आज बिहानको उडानमा धनगढी पठाइने जानकारी दिएका छन् । यो जहाज धनगढीका लागि काठमाण्डौबाट राति पौने १० बजे उडेको थियो ।
धनगढी विमानस्थल अवतरणका लागि पटक-पटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाण्डौ फिर्ता भएको थियो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।





