मेष
आम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । श्रमको उचित मूल्य नपाइन सक्छ र सोचेभन्दा कम फाइदा मिल्ने सम्भावना छ । भौतिक साधन जुट्नाले दिगो लाभ दिने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने संकेत देखिन्छ । ईर्ष्यालु व्यक्तिहरूले दुःख दिन सक्ने भएकाले सचेत रहनुहोला ।
वृष
आजको लाभांश सुरक्षित वा सञ्चित नहुन सक्छ । सर सापटमा धन खर्च हुने योग छ । भौतिक साधन जुट्नेछ र आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । अवसर प्राप्त भएपनि अरूको भर परेमा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन जित्नेछ ।
मिथुन
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक तथा मंगलमय कार्य सम्पन्न हुन सक्छन् । प्रतिभाको कदर हुनेछ र बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । दिगो आम्दानीको स्रोत सुरु गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठित कामबाट प्रशंसा पाइनेछ ।
कर्कट
व्यवसायमा प्रशस्त लाभ हुनेछ । भाग्योन्नतिको समय छ । धेरैको हित हुने काम सुरु गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले सावधानी अपनाउनु होला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पुराना उपलब्धिले अध्ययनमा उत्साह थप्नेछ । सहयोगीहरूबाट फाइदा हुनेछ ।
सिंह
अवसर आएपनि पूर्ण लाभ लिन नसकिएला । ठूलो प्रयासपछि सामान्य फाइदा मात्र मिल्ने संकेत छ । हठी स्वभावले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा पूर्ण रूपमा निर्भर नहुनुहोला । सामान्य मनमुटावको सम्भावना छ । कामको बोझ बढ्न सक्छ ।
कन्या
आफ्नै कमजोरीले विवादमा पर्ने सम्भावना छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर देखिन सकिन्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु उचित हुनेछ । परिवारजनको सहयोग लाभदायी हुनेछ । सामान्य कामबाट पनि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । मान सम्मान प्राप्त हुनेछ ।
तुला
गरिएका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । कामबाट फुर्सद मिल्नेछ र अतिथिका रूपमा सम्मान पाइने सम्भावना छ । रोकिएका काम पुनः प्रयास गर्दा सफल हुन सक्छन् ।
वृश्चिक
आश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोला । बन्ने निश्चित भएको काम अचानक बिग्रन सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । विस्तारका लागि यात्रा गर्ने अवसर मिल्नेछ । मान सम्मान तथा विशेष उपहार प्राप्त हुने योग छ ।
धनु
स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउनेछ । अध्ययनमा ध्यान दिन गाह्रो पर्न सक्छ । न्यून उपलब्धिका लागि धेरै मेहनत गर्नुपर्नेछ । नयाँ काम सुरु गर्न केही समय पर्खनु राम्रो हुनेछ । अनपेक्षित स्थानमा धनहानि हुन सक्छ ।
मकर
कामबाट अरूलाई प्रभावित पारेर लाभ लिन सकिनेछ । कीर्तिमानी कार्य सम्पन्न हुन सक्छ । प्रतिस्पर्धा सामना गर्नुपर्ने समय छ । शत्रु पक्ष सक्रिय हुन सक्छ । नयाँ काम सुरु गर्ने अवसर छ । प्रेम प्रस्ताव वा विशेष उपहार प्राप्त हुने सम्भावना छ ।
कुम्भ
आशा मारेको काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो उपलब्धि मिल्नेछ । लगनशीलताले सफलता दिलाउनेछ । चिताएका काम क्रमशः पूरा हुनेछन् । मिठो वाणीले प्रभाव जमाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुनेछ ।
मीन
आफन्तसँग केही दूरी बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । पढाइ लेखाइमा मध्यम प्रगति हुनेछ । सेवामूलक कार्यबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगी मार्फत काम बन्नेछ । लामो यात्राको अवसर जुट्न सक्छ ।





