मोरङ —मोरङको जहदा भुटाहा–१ नयाँटोलस्थित परालको टौवा मुनी खाल्डोमा ठूलो मात्रामा लागुऔषध गाँजा लुकाइराखेको अवस्थामा २७५.८ किलो गाँजा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. रानी, वि.ओ.पि. दरैया र वि.ओ.पि. मधुमल्ल को संयुक्त टोलीले बिहीबार विहान करिब ५ः३० बजे बरामद गरेको छ। उक्त ठाउँमा लागुऔषध राखिएको सूचनाको आधारमा खोजतलास गरेको थियो । सो क्रममा जहदा भुटाहा–१ नयाँटोल बस्ने २८ का चन्दन कुमार शाह लाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. रानीका सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खडकाको कमाण्डमा खोजतलासका क्रममा परालको टौवा मुनी खाल्डो भित्र लुकाइएका २७५.८ किलो गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरी तथा जिल्लाका प्राधिकरणले थप अनुसन्धान तथा कारबाही अघि बढाइरहेको जनाइएको छ । सो क्षेत्र पछिल्लो समय गाजाँ कारोवारको हव भएको समेत जनाइएको छ ।
मोरङमा २७५.८ किलो गाँजा बरामद, एक जना पक्राउ





