मेष
व्यवसायिक काममा खर्च बढ्ने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कार्यले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि राम्रोसँग विचार गर्नुहोला । समय मध्यम रहनेछ । एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ । आफन्त तथा साथीभाइबाट सहयोग र हौसला मिल्नेछ ।
वृष
आज आयआर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । उद्योग र व्यापारमा लाभ मिल्नेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सहजै पराजित गर्न सकिनेछ । मनोरञ्जनमा समय बित्नेछ भने टाढाको यात्रा पनि सम्भव देखिन्छ ।
मिथुन
पढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । सहयोगीहरूमा भर पर्दा सबै काम सम्पन्न नहुन सक्छन्, तर आर्थिक लाभ हुने संकेत छ । कृषि तथा चौपायामा केही समस्या देखिएपनि धन आर्जनको अवसर मिल्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । गरिरहेको काममा जाँगर बढ्नेछ र व्यापार व्यवसायमा लाभ मिल्नेछ ।
कर्कट
स्वास्थ्य कमजोर रहन सक्ने भएकाले काम सम्पन्न गर्न कठिनाइ हुन सक्छ । समयमा काम पूरा नहुँदा अवसर गुम्न सक्छ । छर छिमेकमा विवादको सम्भावना रहेकाले सावधान रहनुहोला । धन हराउने वा खर्च बढ्ने योग छ । श्रमको उचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा देखिन्छ ।
सिंह
व्यापार व्यवसायमा राम्रो लाभ हुने समय छ । आम्दानी बढ्नेछ र परिवारका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने चिन्ताले मन अशान्त रहन सक्छ । हतारमा बाचा गर्दा दुःख पाइने सम्भावना छ । मान सम्मानमा ठेस पुग्न सक्छ । भ्रमणमा समय व्यर्थ जाने देखिन्छ । साना काममै समय बित्न सक्छ ।
कन्या
प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ । दाम्पत्य सुख प्राप्त हुनेछ । सहयोग तथा उपहार पाइने सम्भावना छ । सानो प्रयासले ठूलो काम सम्पन्न हुनेछ । परोपकारजन्य कार्यमा समय बित्नेछ । मंगलमय कार्य सम्पन्न गर्ने अवसर मिल्नेछ । तीर्थ यात्राको सम्भावना पनि देखिन्छ ।
तुला
सुख दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । परिवारको साथले नयाँ आशा जाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु राम्रो हुनेछ । पशुपालन र कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ । दिन सामान्य रहनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने अवसर मिल्नेछ । रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ जिम्मेवारी हात पर्न सक्छ ।
वृश्चिक
मुख्य काममा बाधा देखिन्छ । घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिनाइ हुन सक्छ । स्वास्थ्यमा कमजोरी देखिन सक्छ । आँटेका काम समयमा पूरा नहुन सक्छन् । पढाइ लेखाइमा ध्यान कम जानेछ । धेरै लगानीपछि कम प्रतिफल मिल्ने सम्भावना छ ।
धनु
समस्या प्रति गम्भीर नभए अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । सहयोगीहरूले साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । काम बिग्रने डरले सताउन सक्छ ।
मकर
लाभदायक काम सुरु गर्ने समय छ । साझेदारीबाट राम्रो फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बन्ने संकेत छ । नसोचेको स्थानबाट धन प्राप्त हुन सक्छ । अरूका विषयमा अनावश्यक चासो राख्दा विवादमा परिन सक्छ । असावधानीले धन खर्च हुन सक्छ ।
कुम्भ
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउने व्यक्तिबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुन सक्छ । पेट सम्बन्धी समस्या देखिन सक्छ । आफ्ना विषयमा अरूले हस्तक्षेप गर्न सक्छन् । नगरेको गल्तीको सजाय भोग्नुपर्ला । सरकारी कडाइको सामना गर्नुपर्ने सम्भावना छ ।
मीन
सवारी चलाउँदा सावधानी अपनाउनु होला । लेनदेन सम्बन्धी विवादले समस्या निम्त्याउन सक्छ । पुरानो रोग बल्झिन सक्छ । अरूका लागि श्रम र बुद्धि खर्च गर्नुपर्ने देखिन्छ । आश्वासन दिने व्यक्तिले झुक्याउन सक्छन् । अध्ययनमा कमजोरी र आर्थिक विवाद हुन सक्छ । व्यवसायिक काममा पनि केही समस्या देखिन सक्छ ।







