इटहरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले शुक्रवार भगवतीदल गण, इटहरी ब्यारेकमा कार्यरत नेपाली सेनाका ३६ जना सकल दर्जाका कर्मचारीलाई ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गरेको छ।

सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कक्षामा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, ट्राफिक संकेत चिन्हको महत्वबारे प्रशिक्षण दिइएको थियो।

यसैगरी मदिरा सेवन गरी सवारी नचलाउनुपर्ने, हेलमेट र सिटबेल्ट प्रयोगको अनिवार्यता लगायतका विषयमा प्रहरी नायव निरीक्षक योगेन्द्र सिंह खड्काले प्रशिक्षण दिएका थिए।

तपाईको प्रतिक्रिया