काठमाडौं । फिल्म ‘बुकी’को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्ममा समावेश ‘तिमी मै सँथ भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको छ। गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत रहेको छ।

सार्वजनिक गीतको भिडिओमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। भिडिओमा यी दुईको केमेस्ट्री निकै सुहाएको छ। प्रेम र यात्राको कथा भनिएको यस गीतमा दुई पात्रको आत्मियता र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ।

भिडि‌ओमा उनीहरूको सम्बन्धमा एउटा आधुनिक र रोमान्टिक स्पर्श दिएको छ। उनीहरूले साना(साना पलहरूमा देखाएको खुसी र अन्त्यको रुवाबासीले दर्शकको मन छुन्छ ।

तपाईको प्रतिक्रिया