मेष
सानातिना काममै महत्वपूर्ण समय खर्च हुने देखिन्छ । सहयोगीहरूको साथ भए पनि काम समयमै पूरा नहुन सक्छ । गरेका प्रयासबाट ठूलो उपलब्धि नआउन सक्छ, समय व्यर्थ जाने संकेत छ । अनावश्यक खर्च बढ्न सक्छ ।
वृष
आहार विहारमा विशेष सतर्कता अपनाउनु राम्रो हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ । सोचेजस्तो काम समयमा सम्पन्न नहुन सक्छ । अवसरको खोजीमा दौडधूप गर्नुपर्ने र अनावश्यक यात्राको योग देखिन्छ । समग्रमा सुखको अनुभव हुनेछ ।
मिथुन
पढाइमा सफलता मिल्ने र धर्म कर्ममा रुचि बढ्ने समय छ । माता पितासँगको भेटघाटले मनमा हर्ष र उल्लास छाउनेछ । परोपकार प्रति आकर्षण बढ्नेछ । स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ । खर्चभन्दा आम्दानी राम्रो रहनेछ र शिक्षामा प्रगति हुनेछ ।
कर्कट
धन आर्जनको राम्रो योग रहेको छ । पारिवारिक सुख प्राप्त हुनेछ भने व्यापारबाट पनि लाभ हुने सम्भावना देखिन्छ । दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । विपरीत लिङ्गीको साथ र हौसलाले मन प्रसन्न रहनेछ ।
सिंह
मनमा उदासीनता बढ्न सक्छ । काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुन सक्छन् । विश्वास गरेकाबाट धोका पाउने सम्भावना छ । बिहान काम बन्नेछ भने बेलुकीतिर सामान्य तनाव देखिन सक्छ । इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलाबाट टाढा रहनु उपयुक्त हुनेछ ।
कन्या
स्वास्थ्यका दृष्टिले समय राम्रो छ । आर्थिक लाभ र मान सम्मान प्राप्त हुने योग छ । पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ । केही सुख, केही दुःखको अवस्था रहला । नोकरीमा झमेला आउन सक्छ ।
तुला
काम सफल हुँदा मन प्रसन्न रहनेछ । गुरुजनको सहयोग र बुद्धिको सही प्रयोगले लक्ष्य हासिल गर्न सकिनेछ । धन आर्जनको राम्रो योग छ । पशुधनबाट लाभ हुने संकेत देखिन्छ । समग्रमा फलदायी दिन रहनेछ ।
वृश्चिक
व्यापारबाट राम्रो आम्दानी हुन सक्छ । नसोचेको काम सफल हुनेछ । प्रिय साथीसँग भेटघाटको योग छ । नोकरीमा दिन सामान्य रहनेछ । विभिन्न किसिमका फाइदाहरू प्राप्त हुने सम्भावना छ ।
धनु
खानपानमा विशेष सतर्कता अपनाउनु आवश्यक छ । अनावश्यक झमेलामा पर्न सकिने योग छ । यात्राका क्रममा सावधानी अपनाउनु होला । काम काजमा समस्या देखिन सक्छ, धैर्य आवश्यक रहनेछ ।
मकर
काममा अवरोध आएपनि अप्ठ्यारो समयमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । अन्न लाभको योग छ । अनौठो खबर सुन्न पाइने सम्भावना छ । आफ्ना विचारले धेरैलाई आकर्षित गर्न सक्नुहुन्छ । धन आर्जन र परोपकारमा मन जानेछ ।
कुम्भ
आय आर्जनको राम्रो दिन छ । यात्राको सम्भावना देखिन्छ । अड्किएको पैसा उठेर मनमा खुसी छाउनेछ । अनौठो तरिकाले आम्दानी हुने योग छ । टाढाको यात्राबाट पनि लाभ हुन सक्छ । फलदायी दिन रहनेछ ।
मीन
घरमा पाहुनाको आगमन हुन सक्छ । धन लाभको योग छ । रमाइलो यात्राको सम्भावना देखिन्छ । टाढाको यात्रा गर्ने योजना भए केही समयका लागि स्थगित गर्नु उपयुक्त हुनेछ । केही सुख, केही दुःखको अनुभव हुनेछ ।





