विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा शुक्रबार देखि सुरु भएको वार्षिक स्पोर्ट्स मीट अन्तर्गत आइतबार कक्षा ५ सम्मका इभेन्टहरु सम्पन्न भएका छन् ।

आइतबार सम्पन्न कक्षा ४ र ५ को १०० मिटर दौडमा कक्षा ५ का सम्मान बस्नेत प्रथम हुँदा सोही कक्षाका मेनिश काफ्ले दित्तिय र कक्षा ४ का समर गिरी तृतिय हुनुभयो भने छात्रा तर्फ कक्षा ४ की युक्ति चौधरी प्रथम, कक्षा ५ की अनु मेहता दित्तिय र कक्षा ४ की आश्मा चौधरी तृतिय हुनुभयो ।

सोही कक्षा समूहको २०० मिटर दौडको छात्र तर्फ कक्षा ४ का देवांश मेहता प्रथम, कक्षा ५ रन्जित साह दित्तिय र कक्षा ४ का सिद्धार्थ मण्डल तृतिय हुनुभयो भने छात्रा तर्फ कक्षा ५ की जेसी मेहता प्रथम, सोही कक्षाका अपेक्षा यादव दित्तिय र बिमिशा श्रेष्ठ तृतिय हुनुभयो ।

मार्वल एण्ड स्पून स्पर्धामा छात्र तर्फ कक्षा ५ का आयुष महतो प्रथम, कक्षा ४ का निर्भिक बाबु दित्तिय र कक्षा ५ का अनिकेत रौनियार तृतिय हुँदा छात्रा तर्फ कक्षा ४ का आर्शी प्रविण प्रथम र अनुसुया सेढाईं दित्तिय हुँदा कक्षा ५ की अनन्या पोद्धार तृतिय हुनुभयो ।

म्याथ रेसमा छात्र तर्फ कक्षा ५ का शिवम् महतो प्रथम हुँदा कक्षा ४ का सिद्धार्थ राम दित्तिय र कक्षा ५ का मानक गोयल तृतिय हुनुभयो भने छात्रा तर्फ कक्षा ५ का सुभश्री ढकाल प्रथम, सामी राजवंशी दित्तिय र मानश्री थापा तृतिय हुनुभयो ।

यस्तै आइतबार नै सम्पन्न एलकेजीको स्वीटर रेसमा छात्रा तर्फ संस्कृति खवास प्रथम, फतिमा तब्रेज दित्तिय र दिब्यांशी माझी तृतिय हुँदा छात्र तर्फ अभ्निस कोइराला प्रथम, आरभ मेहता दित्तिय र हरिश हुसेन तृतिय हुनुभयो ।

‘वेट पौर’ स्पर्धामा छात्र तर्फ आरुष यादव प्रथम, हरिस हुसैन दित्तिय र रनभ पोखरेल तृतिय हुनुभयो भने छात्रा तर्फ सस्कृति खवास प्रथम, इदिका भगत दित्तिय र निहारिका यादव तृतिय हुनुभयो ।

एलकेजीकै म्यूजिकल चेयर इभेन्टमा छात्र तर्फ आरभ मेहता प्रथम, सुभ्यांश गौतम दित्तिय र माहिर अन्सारी तृतिय हुँदा छात्रा तर्फ सस्कृति खवास प्रथम निहारिका थादव दित्तिय र दिब्यांशी कर्ण तृतिय हुनुभयो ।

यस्तै युकेजीको ‘रेडि टु स्कुल’ इभेन्टमा कृष्ण यादव प्रथम हुँदा शुशान्त साफी तिवारी दित्तिय र देवराज सहनी तृतिय हुनुभयो भने छात्रा तर्फ कृष्टिना थापा प्रथम, नुमा बस्नेत दित्तिय र दिब्यांशी मेहता तृतिय हुनुभयो ।

म्यूजिकल चेयर छात्रा तर्फ कृतिका साह प्रथम, महेक न्यौपाने दित्तिय र प्रिशा कार्की तृतिय हुनुभयो भने छात्र तर्फ देवराज सहनी प्रथम, डानियल जफार दित्तिय र कबिर दास तृतिय हुनुभयो ।

युकेजीकै ५० मिटर दौडमा छात्र तर्फ साक्षत पोखरेल प्रथम हुँदा नितेश कामत दित्तिय र सेख हुजैफा तृतिय हुनुभयो । छात्रा तर्फ कृष्टिना थापा प्रथम, दिब्यांशी कर्ण दित्तिय र प्रिया भगत तृतिय हुनुभयो ।

यस्तै बेलुन फोड्ने स्पर्धामा छात्र तर्फ नितेश कामत प्रथम, आर्शभ सिग्देल दित्तिय र दसिश बराल तृतिय हुनुभयो भने छात्रा तर्फ रोइसा ताम्राकार प्रथम, सुबियानी पोखरेल दित्तिय र त्रेशा यादव तृतिय हुनुभयो ।

यस अघि सम्पन्न खेलहरुमा नर्सरीको स्वीट रेसमा छात्र तर्फ कियांश श्रेष्ठ प्रथम, अभि सिंह दित्तिय र आयांश लुईटेल तृतिय तथा छात्रा तर्फ शिवांशी दाहाल प्रथम, कोमल कुमारी मण्डल दित्तिय र जुन श्रेष्ठ तृतिय हुनुभयो ।

नर्सरीकै ‘ब्यालेन्स रेस’मा छात्र तर्फ देब्यांश सेढाई ठाकुर प्रथम हुँदा कार्तिक केशरी दित्तिय र बिमर्श निरौला तृतिय हुनुभयो भने छात्रा तर्फ आभा लुईटेल प्रथम, देहेस्ना कार्की दित्तिय र आद्भीका पौडेल तृतिय हुनुभयो । नर्सरीकै म्यूजिकल चेयरमा इभांशी घले प्रथम युभान जोशी दित्तिय र कोमल कुमारी मण्डल तृतिय हुनुभयो ।

यसैगरि कक्षा १ को बोतलमा पानी भर्ने स्पर्धामा छात्र तर्फ मो. फरान सेख प्रथम, प्रतिक कार्की दित्तिय र दीप श्रेष्ठ तृतिय हुनुभयो भने छात्रा तर्फ सुहाना थापा प्रथम सुबिका सिटौला दित्तिय र कृश्मा घिमिरे तृतिय हुनभयो ।

कक्षा १ कै सियोमा धागो छिराउने स्पर्धामा छात्रा तर्फ आभ्नी चौधरी प्रथम, सुविज्ञा गौतम दित्तिय र रियान्सी साह तृतिय हुनुभयो भने छात्र तर्फ रेयांश मिश्र प्रथम र आदित्य साह दित्तिय हुनुभयो ।

म्याथ रेसको छात्र तर्फ अंश सिंह प्रथम हुँदा कुन्ज केशरी दित्तिय र अविरल ठाकुर तृतिय हुनुभयो भने छात्रा तर्फ आरध्या भण्डारी प्रथम, प्रिशा पोद्धार दित्तिय र गरिमा मण्डल तृतिय हुनुभयो ।

कक्षा १ कै ५० मिटर दौडको छात्र तर्फ आर्शिब तामाङ प्रथम, मो. फरहान सेख दित्तिय र बिनम राज अधिकारी तृतिय हुँदा छात्रा तर्फ कृष्मा घिमिरे प्रथम हुनुभयो भने अभ्नी चौधरी दित्तिय र इभा कार्की तृतिय हुनुभयो ।

कक्षा १ कै म्यूजिकल चेयरमा कौशिक साह प्रथम, आर्शिता दाहाल दित्तिय र जिज्ञाशा यादव तृतिय हुनुभएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले जानकारी दिनुभयो ।

विजयी खेलाडीहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरी मेडल प्रदान गर्नुभयो । शुक्रबार सुरु भएको स्पोर्ट्स मीट माघ ७ गते सम्पन्न हुनेछ । दर्जनौं स्पर्धाहरुमा विद्यार्थीहरुले सहभागिता जनाउने डंगोलले बताउनुभयो ।

उहाँका अनुसार कक्षा ६ र ७ का विद्यार्थीहरुको लङजम्प, १०० मिटर, २०० मिटरको दौड हुनेछ । यस्तै ६ र ७ का विद्यार्थीहरुको १०० गुणा ४ रिले समेत हुनेछ । कक्षा ८ र ९ का विद्यार्थीहरुको लङजम्प, ज्याभ्लिन थ्रो, सटपुट, भलिबल, दौडका विभिन्न स्पर्धा, ट्रिपलजम्प हुनेछन् ।

स्पोर्टस् मीटका विजेता खेलाडीहरुलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा प्रमाणपत्र र पुरस्कार प्रदान गरिने डंगोलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया