मेष –
मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । कठिन काम पनि साथीको सहयोगले सहजै पूरा हुनेछ । कृषिजन्य तथा व्यापारिक कार्यमा सफलता मिल्नेछ । शत्रु परास्त हुनेछन् । मनोरञ्जनसँगै दिन बित्नेछ । दुर्गम क्षेत्र वा टाढाको यात्राको सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
वृष –
प्रारम्भमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ, तर पछि काम पूरा हुनेछ । आम्दानीका स्रोत बढ्दा मन प्रसन्न रहनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन लाग्नेछ ।
मिथुन –
कृषि र व्यवसायमा उन्नति हुनेछ । अन्य कामबाट पनि धन आर्जनको अवसर मिल्नेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । प्रशस्त आर्थिक लाभ मिल्नेछ । अप्ठ्यारो चुनौतीलाई सजिलै समाधान गर्न सकिनेछ । बोलीको प्रभाव बढ्नेछ र मान सम्मान प्राप्त हुनेछ । आर्थिक समृद्धिको योग छ ।
कर्कट –
सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्न सक्छ । वादविवाद हुन सक्छ, होसियार रहनु आवश्यक छ । नयाँ कार्य थालनी हुने मौका पनि मिल्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । आम्दानी राम्रो रहनेछ ।
सिंह –
नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नति हुने सम्भावना छ, तर आत्मीयजनसँग केही दूरी आउन सक्छ । पारिवारिक सद्भावले कार्यमा सफलता दिलाउनेछ । विदेशमा गरिएको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नति सम्भावित छ । अध्ययन अध्यापन फलदायी रहनेछ ।
कन्या –
आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग प्राप्त हुनेछ । यात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्नेछ । बोलीको प्रभावले महत्वपूर्ण काम सम्पन्न हुनेछ । पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ प्राप्त हुने योग छ ।
तुला –
रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनेछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् । पढाइ लेखाइमा रुचि बढ्नेछ । सहयोगी र सेवक वर्गबाट सहायता प्राप्त हुनेछ ।
वृश्चिक –
विश्वास पात्रबाट धोका पाइने सम्भावना छ । मानसिक चञ्चलता र उत्साह बढ्नेछ, तर अप्रिय समाचारले मन दुखी बनाउनेछ । आफन्तको भरण पोषणमा खर्च बढ्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिँदा चुनौती आउन सक्छ । प्रतिनिधिमूलक यात्रा गर्ने अवसर पनि मिल्नेछ ।
धनु –
काममा कठिनाइ देखिएपनि अन्ततः सफलता मिल्नेछ । घर जग्गा वा अन्य स्थिर सम्पत्ति जोड्ने समय छ । धार्मिक कार्यमा संलग्न हुने अवसर छ । अनुसन्धानात्मक काममा मन जानेछ । दीर्घकालीन योजनामा प्रगति हुनेछ । साहसिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथी संगीहरूसँग भेटघाटको अवसर मिल्नेछ ।
मकर –
प्रयास गर्दा विशेष लाभ मिल्नेछ । अध्ययनका लागि अनुकूल समय छ । व्यापार फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । मान सम्मान र पद प्रतिष्ठा प्राप्त हुने योग छ । व्यापार व्यवसाय सहज रूपमा अघि बढ्नेछ ।
कुम्भ –
दैनिक कार्यमा ढिला सुस्ती वा अल्झन देखिन सक्छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ । व्यापार व्यवसाय सामान्य रहनेछ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने अवसर प्राप्त हुनेछ ।
मीन –
समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्या देखिन सक्छ, सावधान रहनु आवश्यक छ । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि दौडधुप गर्नुपर्नेछ । तर, लगानीबाट उचित प्रतिफल प्राप्त हुनेछ । सुख सुविधा र विलासितामा समय बित्नेछ ।





