काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज मछिन्द्र क्लब र न्युरोड टिम खेल्दैछन् । खेल बेलुकी ७ बजे दशरत रंगशालामा हुनेछ ।
यसअघि हिजो सातदोबाटो र सङ्कटाले बराबरी खेल्दा, लालीगुराँसले जावलाखेललाई हरायो । जीतपछि लालीगुराँसले ३ अङ्क जोडेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी १७ वटा टोली सहभागी छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् । राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।



![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)

