तिमी जुन बन्यौ,
म तिमिलाई नियाली रहे ।
न तिम्रो उज्यालोमा आफैलाई भेटें,
न तिमीबाट टाढा हुन सकेँ ।।
तिमी जुन बन्यौ,
तर मेरो आकाशमा कहिल्यै चम्किन सकेनौ ।
तिमी सदासर्वदा त्यहीँ थियौ—
म केवल एक अनन्त प्रेमको प्रतिक्षामा रहिरहे ।।
तिमी उज्यालो थियौ,
तर म तिम्रो छायाँमै हराएँ ।
तिमी मौन चम्किरह्यौ आकाशमा,
म तिमीभित्र आफ्नै मौनता खोजिरहे ।।
तिमी हर रात उस्तै गरी चम्कियौ,
म उस्तै गरी हर रात तिमीलाई हेरिरहे ।
तिमी जुन बन्यौ,
म तिमिलाई नियाली रहे ।।

बिनयबिष्णु
बिराटनगर ८

तपाईको प्रतिक्रिया