मोरङ/जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामचोकद्वारा आयोजित एकदिने प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

धनपालथान गाउँपालिका–७ स्थित जीवन विकास पार्क, कमलपुरमा बुधबार सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व सांसद योगेन्द्र प्रसाद मण्डलले लघुवित्त संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको बताए। उनले वित्तीय साक्षरता कार्यक्रममार्फत बचतको महत्व, ऋणको सदुपयोग, साना लगानीबाट आयआर्जनका अवसर तथा आत्मनिर्भर बन्ने उपायबारे जानकारी प्रदान गर्दै आएको उल्लेख गरे।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष सन्तोष यादव, वडा नं. ६ का वडाध्यक्ष मोहम्मद हुसेन (रोजित), जोखिम व्यवस्थापन विभाग प्रमुख सावित्री श्रेष्ठ तथा जीवन विकास पब्लिक स्कूलका प्रधानाध्यापक अजय कुमार मण्डलले महिलाको आर्थिक सशक्तीकरणमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे।

गोष्ठीका अवसरमा अतिविपन्न परिवारका जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने विभिन्न केन्द्रमा आबद्ध महिलामध्ये ‘असल ऋणी’ र ‘उत्कृष्ट बचतकर्ता’लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको शाखा कार्यालयले जनाएको छ।

कार्यक्रममा विभिन्न केन्द्रका प्रमुख, उपप्रमुख तथा संस्थामा आबद्ध महिला सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया