काठमाडौं । ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ को विशेष अवसरमा वरिष्ठ गायिका अञ्जना गुरुङले ‘स्वरमाधुरी’ नामक एकल साङ्गीतिक प्रस्तुति भव्य रूपमा सम्पन्न गर्नुभयो। लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहिआएकी गुरुङले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै कार्यक्रमस्थललाई सजीव बनाउनु भयो।

कार्यक्रममा गुरुङले “आँखीमा राख्छु मेरो देश”, “यस्तै हो माया मा”, “आँधी सरी तिम्रो माया”, “गङ्गारबे” (ढगुरुङ भाषाको गीत), “जसले मुटु चुँडेर लग्यो”, “बदनाम भएँ म तिम्रैक कारणले”, “एटम बम”, “म त काली सुन्दरी”, “ठ्याक्कै भेटौला” र “माईली रोधी घरमा” जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाउनु भयो।

‘ठ्याक्कै भेटौला’ गीतमा गायिका गुरुङलाई गायक तथा संगीतकार कन्हैया सिंह परियारले युगल स्वरमा साथ दिनुभएको थियो। गुरुङको मधुर आवाज, सजीव प्रस्तुति र भावनात्मक अभिव्यक्तिले पुरानो नेपाली संगीतको सुवास फैलाएको सहभागीहरूले बताए।

कार्यक्रममा राष्ट्रिय गीत र रोदी शैलीका आकर्षक नृत्य प्रस्तुति पनि गरिएको थियो। सो कार्यक्रमको कोरियोग्राफी नृत्य निर्देशक जोगेन्द्र के.सी.ले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया