विराटनगर, कात्तिक। विराटनगर–१० मा अवस्थित मार्टस मेमोरियल स्कुलले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ। नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीमध्ये प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई आज एक विशेष समारोहबीच सम्मान गरिएको हो।

कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूलाई स्कुलका प्रिन्सिपल विजय डाँगीसहित शिक्षक–शिक्षिकाले प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए।

विराटनगरमा लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मार्टस मेमोरियल स्कुलले नयाँ शैक्षिक सत्रदेखि नयाँ भवनमा मन्टेश्वरी पद्धतिबाट अध्ययन–अध्यापन सुरु गर्ने तयारी गरेको छ। साथै, नृत्य, संगीत, चित्रकला, अत्याधुनिक कम्प्युटर प्रयोगशाला, खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरूमा पनि नयाँ प्रविधि प्रयोग गरिने स्कुलका प्रिन्सिपल डाँगीले जानकारी दिए।

त्यसैगरी, स्कुल प्रशासनका अनुसार आगामी शैक्षिक सत्र २०८३/८४ बाट अत्याधुनिक भवनमा कक्षा ११ र १२ संचालन गरिनेछ। सो स्तरमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, कम्प्युटर व्यवस्थापन र होटल म्यानेजमेन्ट विषयहरूमा पठन–पाठन हुने बताइएको छ।

तपाईको प्रतिक्रिया