विराटनगर, कार्तिक १३ गते।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज एक विशेष धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेश प्रहरी विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल प्रमुख अतिथि रहनु भएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालयको आदेशअनुसार प्रहरी निरीक्षक तोरण परियार इलाका प्रहरी कार्यालय इटहरी, सुनसरी र आशिष पोखरेल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा सरुवा भई जान लाग्नुभएको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले सरुवा भएका दुवै अधिकृतले कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदा पु¥याउनुभएको योगदानको प्रशंसा गर्दै व्यक्तिगत तथा पेशागत जीवनमा अझ सफलता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रहरी उपरीक्षक (आर्किटेक्ट) हरि डंगोल लगायत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया