काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर आफूले अन्तर्वार्ता दिएपछि उनी नेपाल फर्केको दाबी गरेका छन्।

सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वमन्त्री खड्काले स्वयं नै आफू स्थलमार्गबाट भारत गएको स्वीकार गरेको बताए। उनले आफूले अन्तर्वार्ता दिँदा पूर्वमन्त्री खड्का नेपालमा नरहेको दाबी गर्दै भने, ‘मैले कुन दिन बोलेको थिएँ, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो? अन्तर्वार्ता छापिएपछि आउनुभयो नि उहाँ त।’।

तपाईको प्रतिक्रिया