रोल्पा। लुङग्री गाउँपालिकाले प्लास्टिकजन्य मालाको प्रयोग, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ।
गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार यस वर्षको तिहारलाई लक्षित गर्दै गाउँपालिकाभित्र सञ्चालित व्यवसायीहरूले प्लास्टिकको माला विक्री वा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
गाउँपालिकाका अनुसार स्थानीय स्तरमा पुष्प खेतीलाई प्रवर्द्धन गर्ने र वातावरणीय सरसफाइ कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
गाउँपालिका अध्यक्ष भरत कुमार थापाले सबै व्यापारी र सर्वसाधारणलाई प्राकृतिक फूलको माला प्रयोग गर्न र प्लास्टिकको माला खरिद–बिक्री नगर्न आग्रह गर्नुभएको छ।
त्यस्तै, चाडपर्वको समयमा बजार अनुगमनलाई पनि थप सशक्त बनाइने अध्यक्ष थापाले बताउनुभयो।
लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध



![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)

