मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउँछ भने मित्रजनसँग भेटघाट पनि हुनेछ । व्यापारबाट राम्रो आम्दानी हुन सक्छ । नसोचेको काम बन्नेछ र प्रियसाथीसँग पनि भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । सवारी साधन चलाउँदा विचारपूर्वक मात्र चलाउनुहोस् । खानामा सचेत रहनु पर्ने दिन हो । अनावश्यक झमेलामा परिने सम्भावना छ । यात्राको क्रममा सावधान रहनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज तपाईंको धनजनमा वृद्धिको सम्भावना छ र कसैबाट समर्थन पाइनेछ । ठूला व्यक्तिसँग पनि भेटघाट हुनेछ । काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ हुनेछ र अनौठो खबर सुन्न पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको सफलताले थप काम गर्ने हौसला दिनेछ । पुराना कामहरू आजै सम्पन्न हुन सक्ने दिन हो । आयआर्जन हुने दिन हो । यात्राको सम्भावना छ । नउठ्ने पैसा उठेर मनमा हर्ष ल्याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ काम सुरु नगर्नु राम्रो हुन्छ । टाढाको यात्रा हुने दिन हो । लेनदेनको काम नगरेकै राम्रो हुन्छ । घरमा पाहुना आउने दिन हो । धनको लाभ हुनेछ । रमाइलो यात्राको योग पनि छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यको लागि खानामा ध्यान दिनुहोस् । धनको नाश हुन सक्छ । प्रेममा धोका प्राप्त हुने सम्भावना छ । साना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ भएपनि काम समयमै पूरा नहुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा सोचेजस्तो सफलता मिल्नेछ र उन्नति गर्ने अवसर प्राप्त हुनेछ । मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर रहनेछ । सोचेको काम समयमै सम्पन्न नहुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि क्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्नेछ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता प्राप्त हुनेछ र धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष ल्याउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विपरित लिङ्गीको सहयोगले मन हर्षित हुनेछ । काम गर्नमा थप जाँगर आउनेछ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन हो र व्यापारमा पनि फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता कमै प्राप्त हुनेछ । समयको व्यर्थ नाश हुन सक्छ । मनमा उदासी बढ्ने काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुनेछन् । विश्वास गरेका व्यक्तिबाट धोका मिल्ने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा केही द्विधा रहन सक्ने दिन हो । सामाजिक काममा नाम रहनेछ । जागिरमा भने सजग रहनुहोस् । स्वास्थ्यको दृष्टिले यो समय राम्रो छ । आर्थिक लाभ र मान सम्मान प्राप्त हुने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम र मित्रताको बन्धन कसिने दिन हो । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको योग छ । काम बन्नाले मन रमाइलो हुनेछ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

तपाईको प्रतिक्रिया