अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म लोकार्पण भएको छ । शनिबार आयोजित लोकार्पण कार्यक्रममा पुस्तकको समीक्षा गरिएको थियो।

पुस्तक बारे बताउँदै हमालले आफ्नो जीवन, समाज, देशको राजनीतिक अवस्थालाई समेटेको बताए । उनले आफ्नो कार्यक्षेत्र, राष्ट्र‌ , धर्म, सिनेमाका कुरा, मनोविज्ञानसहितका आफ्ना विचार समावेश गरेको बताए ।

आफ्ना विचारसँगै भोग्नुपरेका चुनौती, नेपाली परिवेश पुस्तकमा पाइने उनको दावी छ ।

लोकार्पण कार्यक्रममा लेखक तथा पत्रकार यज्ञश, हमाल पत्नी मधु भट्टराईलगायत उपस्थित थिए । हमालले यज्ञशसँगको सहकार्यमा पुस्तक ल्याएका हुन् ।

८४८ रुपैयाँ मूल्य रहेको यो पुस्तक लोकार्पणको अवसरमा विशेष छुट दिँदै ७०० रुपैयाँमा बिक्री गरिएको थियो ।

तपाईको प्रतिक्रिया