माेरङ, ७ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्दै आएका हास्यकलाकार गणेश भट्टराई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। उनको शव पथरीशनिश्चरेस्थित शिखरचोकमा फेला परेको हो।
रेडियो सिम्रिक र रेडियो रिदममा कार्यक्रम सञ्चालन गरेका भट्टराई रेडियो कार्यक्रमसँगै स्टेज प्रस्तुतिका कारण पनि परिचित थिए। विशेषगरी ‘जिपी जोडी’ का रूपमा सञ्चालन गरेको उनको हास्य कार्यक्रम श्रोतामाझ लोकप्रिय थियो।
सानै उमेरदेखि मावली घरमा बस्दै आएका भट्टराईले मावली घरबाट हाम फालेर ज्यान गुमाएको आफन्तहरूले बताएका छन्। यद्यपि, उनले किन यस्तो कदम चाले भन्ने विषय हालसम्म खुल्न सकेको छैन।





