मोरङ । सशस्त्र प्रहरी बलले मोरङका विभिन्न सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका १० लाख ३० हजार ४५० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
साेमबार सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भन्सार छलीका सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमा एक थान मोटरसाइकल, एक थान स्कुटर, भन्सार छली गरी प्रयोगमा ल्याइएको एक थान भारतीय इलेक्ट्रिक स्कुटर, मोटर पार्ट्स, खुर्सानी, धागो र चाइनिज नासपाती रहेका छन्।
बरामद गरिएका उक्त सामानको भन्सार मूल्य १० लाख ३० हजार ४५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।





