विराटनगर : १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विराटनगरमा जारी छनोट प्रतियोगिताअन्तर्गत कराँते खेल्ने क्रममा एक खेलाडी घाइते भएका छन् । विराटनगर महानगरपालिका–७ स्थित सहिद मैदानमा मंगलबार साँझ भएको प्रतिस्पर्धाका क्रममा संखुवासभाको पाँचखपन नगरपालिका–५ का १७ वर्षीय अस्विन पुरकोटी घाइते भएका हुन् । घटनालगत्तै उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप परीक्षणका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको अवस्था सामान्य रहेको र कुनै चोटपटक नदेखिएको चिकित्सकले बताएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेपछि पुरकोटीलाई राति करिब १० बजे अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

तपाईको प्रतिक्रिया