विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगरलाई लजिस्टिक हबका रूपमा विकास गर्ने उद्देश्यसहित पारवहन व्यवस्थापन तथा रेल कार्गो सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा विराटनगरको व्यापारिक तथा औद्योगिक विकास, पारवहन व्यवस्थापनलाई सहज बनाउने उपाय र रेलमार्फत हुने मालसामान ढुवानीको प्रभावकारी सञ्चालनका विषयमा छलफल केन्द्रित रहेको छ।
विराटनगरलाई व्यवस्थित लजिस्टिक हबका रूपमा विकास गर्दै आयात–निर्यात तथा औद्योगिक ढुवानी प्रणालीलाई थप प्रभावकारी बनाउने विषय कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
विराटनगरलाई लजिस्टिक हबका रूपमा विकास गर्ने विषयमा अन्तरक्रिया





