मोरङ । मोरङका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले करिब साढे सात लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका सात लाख ४९ हजार ५६५ रुपैयाँ बराबरका सामान शुक्रबार बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका सीमा सुरक्षा गुल्म रानी, बीओपी दरैया, बीओपी जहदा भुटाहा र बीओपी रंगेलीबाट खटिएको संयुक्त टोलीले ती सामान बरामद गरेको हो।

बरामद गरिएका सामानमा एक थान सिटी सफारी, एक थान स्कुटर, ६ वटा साइकल, कस्मेटिक सामग्री, हरियो तरकारी, दुई वटा पाडा र एउटा खसी रहेका छन्।बरामद गरिएका सवारीसाधन, सामान तथा चौपाया आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया