काठमाडौं। सोमबार छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग खुल्ने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागले जनाएको छ।
विभागले अन्य नियमित दिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा दिने भएको हो। सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्ने व्यवस्था गरिएको हो।
छठ पर्व मनाउने आफ्ना कर्मचारीहरूलाई भने विभागले सोमबार बिदा दिने भएको छ।





