क्वालालम्पुर (मलेसिया) / मलेसियाको श्रम बजारमा रोजगारीको माग निरन्तर बढ्दो क्रममा देखिएको छ। मलेसियाको तथ्याङ्क विभाग (DOSM) ले जारी गरेको सन् २०२६ को तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) प्रतिवेदनअनुसार देशभर कुल रोजगारी १.६ प्रतिशतले वृद्धि भई ९३ लाख १० हजार पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ लाख ४४ हजार ९०० रोजगारी थपिएका छन्। हाल कुल रोजगारीमध्ये ९१ लाख १० हजार पदमा कामदार कार्यरत छन् भने अझै १ लाख ९६ हजार ७०० पदहरू रिक्त (खाली) रहेका छन्।

तथ्याङ्कअनुसार रिक्त पदहरूमध्ये सबैभन्दा धेरै माग उत्पादन (Manufacturing) क्षेत्रमा देखिएको छ, जहाँ कुल खाली पदको ५९ प्रतिशत अर्थात् १ लाख १६ हजार १०० कामदार आवश्यक छन्।

त्यस्तै कृषि क्षेत्रमा ३० हजार ७०० र निर्माण क्षेत्रमा २६ हजार २०० पदहरू रिक्त रहेका छन्। खाली रहेका पदहरूमध्ये ५५.४ प्रतिशत अर्ध-दक्ष (Semi-skilled), २५.२ प्रतिशत दक्ष (Skilled) र १९.४ प्रतिशत अदक्ष (Low-skilled) कामदारका लागि रहेको प्रतिवेदनमा उल्लेख छ।

– मलाया खवरको सहयोगमा

तपाईको प्रतिक्रिया