काठमाडौं । केही मानिसलाई लामखुट्टेले अरूको तुलनामा बढी टोक्ने गरेको अनुभव धेरैको हुन्छ। तर यसको कारण सबै लामखुट्टेका लागि एउटै नहुने नयाँ वैज्ञानिक अनुसन्धानले देखाएको छ।

अमेरिकाको फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ११९ जना स्वयंसेवकमा गरेको अध्ययनमा तीन प्रजातिका लामखुट्टेले फरक–फरक मानिसलाई प्राथमिकता दिएको पाएका छन्।

अध्ययनअनुसार मानिसको छालाबाट निस्कने प्राकृतिक गन्ध, रासायनिक पदार्थ र छालामा रहेका सूक्ष्म जीवाणुले लामखुट्टेलाई आकर्षित गर्न भूमिका खेल्छन्।

अझ रोचक कुरा, अध्ययनमा सहभागी कुनै पनि एक व्यक्ति तीनवटै प्रजातिका लामखुट्टेको साझा पहिलो रोजाइ बनेनन्।

यस खोजले भविष्यमा लामखुट्टेबाट सर्ने डेंगु, जिका र अन्य रोग नियन्त्रणका लागि अझ प्रभावकारी तथा लक्षित रिपेलेन्ट विकास गर्न सहयोग पुग्न सक्ने वैज्ञानिकहरूको अपेक्षा छ।

तपाईको प्रतिक्रिया