काठमाडौं / तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार (कात्तिक २७) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार (कात्तिक २३) छापावाल सुनको मूल्य २ लाख ८४ हजार ३०० रुपैयाँ थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदीको मूल्य ३ हजार ८५५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया