काठमाडौं। पोखरा एभेन्जर्सलाई पराजित गर्दै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) को अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ।
विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ। पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाउँदै पूरा गरेको हो।
विराटनगरसँगको हारसँगै पोखरा एभेन्जर्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ। पोखरा जारी एनपीएलमा प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ।
पोखराविरुद्धको जितले विराटनगरको प्लेअफ सम्भावना बलियो बनेको छ। विराटनगर अब शीर्ष चारमा रहँदै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ।





