-तेजन खड्का
यसपालि नि खेल्ने हो देउसी अनि भैलो
बिदेश जाने तयारीमा छ, पल्लोघरे माइलो
कोहीे कता कोहिँ कहाँ पुग्ने थाहा छैन
एकै ठाउँ काहा रहन्छ र , हामी सबको पाईलो
यसपालि नि खेल्ने हो देउसी र भैलो
बिदेश जाने तयारीमा छ, पल्लोघरे माइलो
बर्षदिनको चाँडपर्व घरआँगनमै आयो
फाल्नुपर्छ रिष राग मनभित्रको मैलो
यसपालि नि खेल्ने हो देउसी र भैलो
आउँछन् भनि प्रतिक्षामा बसिहोँलिन बुढि बजै
सजाएर राख्या होलिन घर आगन अनि दैंलो
यसपालि नि खेल्ने हो देउसी अनि भैलो
बिदेश जाने तयारीमा छ पल्लोघरे माइलो
देउसेले देखको आशिष हजुरहरुलाई लागि जाउँन
परिवारमा सुस्वास्थ्य, हुनुहोला सधैं पहिलो
यसपालि नि खेल्ने हो देउसी र भैलो
बिदेश जाने तयारीमा छ, पल्लोघरे माइलो





