विराटनगर/
प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रविण पोखरेललाई आफ्नो सचिवालयमा खटाएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्, सिंहदरबारमा कार्यरत रहेका पोखरेललाई आईजीपी केसीले सचिवालयमा जिम्मेवारी दिएका हुन् ।
प्रहरी नेतृत्व परिवर्तनसँगै आईजीपीको सचिवालयमा कार्यरत अधिकृतहरूको हेरफेर हुने प्रचलन रहे पनि यसपटक भने पूर्वआईजीपी दानबहादुर कार्कीको सचिवालयमा कार्यरत रहेकै आधारमा कुनै पनि कर्मचारीमाथि भेदभाव नगर्ने नीति नयाँ आईजीपीले लिएको बताइएको छ ।
हाल आईजीपी सचिवालयमा प्रवक्ताको जिम्मेवारीमा डीआईजी अबिनारायण काफ्ले, सहप्रवक्तामा एसएसपी दीपसमशेर जबरा तथा एसपी धर्मराज भण्डारी र डीएसपी शेखरजङ्ग मल्ललगायतका अधिकृत कार्यरत छन् ।
एसएसपी पोखरेलले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रहरी कार्यालय सर्लाही, रुपन्देहीलगायतका निकायमा रहेर नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन् ।

तपाईको प्रतिक्रिया