काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको सीईओमा अमित श्रेष्ठ नियुक्त भएका छन् ।

सञ्चालक समितिको कात्तिक १९ गते बसेको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण जैसीले जनाएका छन् ।

उनलाई कात्तिक २० गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको छ । उनले बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया