संखुवासभा । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनताको आशा निराशामा परिणत हुन थालेको बताएका छन्।

चिचिला गाउँपालिकामा आयोजित पार्टीको हातेमालो कार्यक्रममा बोल्दै उनले पुराना दलमाथि भ्रष्टाचारको आरोप लाग्ने गरे पनि नयाँ शक्तिबाट समेत देश संकटमा पर्ने चिन्ता बढेको टिप्पणी गरे। सरकारले बहुमत पाएपछि भ्रष्टाचारका तीनवटा फाइल खोल्ने दाबी गरे पनि त्यसअनुसार काम नभएको उनको आरोप थियो।

जनताको विश्वासअनुसार काम गर्न सरकारलाई आग्रह गर्दै उनले लगानी, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय विश्वासको अवस्था कमजोर बन्दै गएको बताए। कार्यक्रममा विभिन्न दल परित्याग गरी आएका दर्जनौँ नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका थिए।

तपाईको प्रतिक्रिया