काठमाडौं। बंगलादेशको राजधानी ढाकासहित तीन क्षेत्रमा आइतबार कपडा उद्योगका कामदारहरूले ज्याला वृद्धिको माग गर्दै प्रदर्शन गरेका छन्। धेरै स्थानमा हिंसा भड्किएको छ।

ढाकाको मिरपुर क्षेत्रमा कामदारहरूले सडक अवरुद्ध गरेका छन्।प्रदर्शनकारीले प्रहरीमाथि इँटा र ढुङ्गा प्रहार गरेका छन्। प्रहरीको गाडीमा आगो लगाएका छन्।

गाजीपुरमा, कामदारहरूले राजमार्ग अवरुद्ध गरेसँगै प्रहरी चौकीमा आगजनी गरे। आशुलियामा कम्तिमा ३० कारखानाहरू बन्द भएका छन्।

मासिक ज्याला ९,६०० बाट २३ हजार बनाउन माग

बंगलादेशमा मुद्रास्फीतिले कामदारहरू संकटमा परेका छन्। बंगलादेशमा कपडा उद्योगका कामदारहरूको न्यूनतम मासिक ज्याला डिसेम्बर २०२३ मा लगभग ९,६०० रुपैयाँ तोकिएको थियो।

कामदारहरूले ओभरटाइम समावेश गरेपछि पनि उनीहरूले लगभग १४ हजारदेखि १५ हजार रुपैयाँ मात्र कमाउँछन्। जुन उनीहरूको घर चलाउन पर्याप्त छैन।

उनीहरूका अनुसार, केही वर्षअघि लगभग दुई हजार रुपैयाँ रहेको घरभाडा बढेर ६ हजार रुपैयाँ पुगेको छ। खाना, चिकित्सा उपचार र बालबालिकाको शिक्षाको लागत पनि बढेको छ।

यसै कारणले कामदारहरूले न्यूनतम ज्याला ३० हजार रुपैयाँ बनाउन माग गरिरहेका छन्। सरकारले ज्याला बोर्ड स्थापना गरेको छ। तर तलब वृद्धि कति हुने र नयाँ दर कहिले लागू हुने भन्नेबारे निर्णय गर्न सकेको छैन।

४० लाखभन्दा बढी कपडा कामदारहरू

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीझीएमईए) का अनुसार देशमा लगभग चार हजार दर्ता भएका कपडा कारखानाहरू छन्। जसले ४० लाखभन्दा बढी मानिसहरूलाई रोजगारी दिएको छ।

बंगलादेश चीनपछि विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता हो। बंगलादेशी कपडा १५० भन्दा बढी देशहरूमा बिक्री गरिन्छ। बीजीएमईएका अनुसार बंगलादेशले आर्थिक वर्ष २०२५/२६ मा लगभग ३.६८ ट्रिलियनको कपडा बेचेको थियो।

तपाईको प्रतिक्रिया