काठमाडौँ । सामाजिक सन्जालमा लोकप्रिय भैसकेको सर्जक केवल लामाको शब्द ,संगीत र निर्माणमा रहेको गीत ‘पुरानो घाउ बल्झेछ’को आधिकारिक भिडियो निर्माण गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँ एक कार्यक्रम गरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
नेपाल आइडल सिजन १ प्रतिस्पर्धाबाट चर्चा कमाएका गायक राजु तामाङ स्वरमा रहेको गीतमा आमोश तामाङले एरेन्ज गरेका हुन् । कार्यक्रममा वरिष्ठ संगीतकार सचिन सिङ ,सुनिल मास्केले केवल लामाले बिदेशी भूमीमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।
केवल लामाको कथा , कन्सेप्ट र निर्देशक युवराज वाईबाको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा बिना राउत ,विजय लामा ,रुकमान लिम्बु लगायत धेरै जनाले दमदार अभिनय गरेका छन् । भिडियोमा माया, प्रेम र बिछोडलाइ मुख्य बिषय बनाएर प्रस्तुत गरिएको छ जसमा कलाकारहरुको जिवन्त अभिनय रहेको छ ।
दीपक गिरीको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन रहेको भिडियोलाई केवल लामाकोको अफिसियल युट्युब च्यानल ( Kewal Lama Music) मार्फत सार्वजनिक गरिएको हो । मार्मिक अभिनय र उत्कृष्ट शब्द संगीतको कारण सार्वजनिक भए संगै सामाजिक सञ्जालमा यसको निकै चर्चा सुरु भइसकेको छ।
`
राजु तामाङको स्वरमा ‘पुरानो घाउ बल्झेछ’ सार्वजनिक





