विराटनगर । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल को आयोजनामा बीमा क्षेत्रसँग सम्बन्धित दुई दिने तालिम सम्पन्न भएको छ । बीमा कम्पनीका कर्मचारी लक्षित गरी आयोजना गरिएको तालिममा जीवन बीमा, जोखिम व्यवस्थापन, अन्डरराइटिङ, दाबी मूल्याङ्कन तथा सम्पत्ति शुद्धीकरण निवारणलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको पहिलो दिनको प्रथम सत्रमा जीवन बीमाका लागि अन्डरराइटिङ जोखिम, अन्डरराइटिङका प्रकार, पोलिसी सर्भिस, प्राइसिङ रणनीति तथा जीवन बीमामा नीतिगत मूल्य निर्धारणलाई असर गर्ने प्रमुख कारकहरूबारे प्रशिक्षण दिइएको थियो । साथै, दाबी मूल्याङ्कन तथा तथ्याङ्क व्यवस्थापन प्रविधिका विषयमा समेत सहभागीलाई जानकारी गराइएको थियो । साथै दोश्रो सत्रमा निजिवन बीमा कम्पनीका कर्मचारी तथा प्रतिनिधीलाई प्रशिक्षण दिईएको थियो । कार्यक्रमका पहिले दिन प्रमुख अतिथी नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख राजेन्द्र मर्हजनले तालिमले बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सरोकारवालाको ज्ञान, सीप र कार्यक्षमता अभिवृद्धि गर्दै बीमा सेवा थप प्रभावकारी र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो। उहाँले बदलिँदो बीमा बजार, जोखिमको प्रकृति तथा नियामकीय व्यवस्थाबारे कर्मचारीहरू निरन्तर अद्यावधिक हुनुपर्नेमा जोड दिनुभयो। साथै उहाँले अन्डरराइटिङ, दाबी मूल्याङ्कन तथा सम्पत्ति शुद्धीकरण निवारणजस्ता विषयमा दक्षता बढाउँदा बीमा क्षेत्रमा सुशासन, पारदर्शिता र व्यावसायिकता थप सुदृढ हुने उहाँको भनाइ थियो ।

तालिमको दोस्रो दिन जीवन बीमा र निर्जिवन बीमा सयुक्त रुपमा एमएल सिफटी,सम्बन्धित सञ्चालन भएको थियो ।प्रथम सत्रमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक दिलबहादुर सुब्बा आङ्देम्बे ले वितीय सञ्चालन, जोखिम व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण ( एमएल सिफटी सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा एमएल सिफटी (मनी लाउन्ड्रिङ तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण) को अवधारणा, वित्तीय कारबाही कार्यदल एफ ए टि एफ तथा सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू, जोखिम तथा जोखिम मूल्याङ्कन, जोखिममा आधारित दृष्टिकोण आर वि ए) एमएल सिफटी, एमएल सिफटी कार्यान्वयनका सम्भावना तथा चुनौतीलगायतका विषय समेटिएका थिए । त्यस्त एमएल सिफटी सुशासन तथा संस्थागत संरचनाका आधारभूत पक्ष, मनी लाउन्ड्रिङ निवारणसम्बन्धी कानुनी व्यवस्था र त्यसको प्रभावबारे पनि सहभागीलाई जानकारी गराइएको थियो।
दोस्रो सत्रमा नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख राजेन्द्र महर्जनले जोखिम मूल्याङ्कन प्रक्रिया तथा पद्धति, आतंकवादी वित्तपोषण तथा प्रसार वित्तपोषण सम्बन्धी लक्षित प्रतिबन्ध, रिपोर्टिङ संस्थाहरू तथा नियामक निकायको भूमिका, जोखिमका प्रकार तथा उदीयमान मुद्दाहरूबारे प्रशिक्षण दिएका थिए । यस क्रममा नेपाल बीमा प्राधिकरणका एमएल सिफटी सम्बन्धी निर्देशन तथा बीमा क्षेत्रका लागि वित्तीय सूचना एकाइ का दिशानिर्देशका विषयमा समेत विस्तृत जानकारी दिइएको थियो। तालिमले बीमा क्षेत्रका कर्मचारी तथा सरोकारवालालाई जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापनसँगै सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तपोषण नियन्त्रणसम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई समापन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख महर्जनले तालिममा सिकेका कुरालाई आफु क्रियाशिल भएको सस्थामा पालना गर्दै बीमा लाई थप प्रभावकारी रुपमा अगाडी बढाउनको लागी आग्रह गर्नुभयो । उहाँले आउदै गरेको विजया दशमी शुभ दिपावली , छठपर्व र नेपाल सम्बत को पनी शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया