काठमाडौं। काठमाडौं जिल्ला अदालतले मुस्ताङ हेलिकप्टर प्रालिमा रहेको निम्स दाइ लिमिटेड लन्डन (बेलायत)को स्वामित्वमा रहेको ७ लाख ३५ हजार कित्ता सेयर बिक्री वितरणमा रोक लगाएको छ।

जिल्ला अदालतले असोज १२ गते कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्र पठाउँदै ७६५००१ देखि १५००००० कित्तासम्म रोक्का गर्न आदेश दिएको हो। अदालतले पत्राचार गरेको भोलिपल्टै कम्पनी रजिष्ट्रारले पत्रानुसार ‘निम्स दाइ’को उक्त कम्पनीको सेयर रोक्का गरिएको हो।

‘निम्स दाइ’ चर्चित पर्वतारोही निर्मल पुर्जाको कम्पनी हो। उनको गत साउनमा पाकिस्तानको ब्रड पिक आरोहणमा हिमपहिरोमा परी निधन भएको थियो।

अदालतको फैसलाबमोजिम घरधनीको क्षतिपूर्ति नतिरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले ‘निम्स दाइ’को हेलिकप्टर रोक्का राखेको हो।

घरधनी टंक घिसिङ र दालमु कित्तर घिसिङलाई फैसलाले तोकिएको क्षतिपूर्ति नतिरेको अभियोगमा निम्स दाइको हेलिकोप्टर कम्पनीको सेयर रोक्का भएको हो।

तपाईको प्रतिक्रिया