काठमाडौं। गएराति पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनी काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ।

उनीविरुद्धको कसुर भने खुलाइएको छैन। तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

उनीमाथि विभिन्न २१ अभियोग लगाइएको थियो। तत्कालीन संसदले महाअभियोग टुंगो लगाउन सकेको थिएन । तर पनि उनी सर्वोच्च फर्किन पाएनन्।

तपाईको प्रतिक्रिया