काठमाण्डाै – एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ ।

उज्वेकिस्तानको क्वार्सीमा गएराति भएको समूह ‘बी’ को खेलमा एपीएफ पीएफसी नासाफसँग ३–० गोलले पराजित भयो । गएको संस्करणमा पनि एपीएफले नासाफसँग हार बेहोरेको थियो ।

अनिता बस्नेतको कप्तानी रहेको एपीएफले समूह चरण दोस्रो खेलमा पर्सि बिहीवार एशिया स्कलर्ससँग र तेस्रो तथा अन्तिम खेलमा भदौ १५ गते आइतवार अल नासरसँग खेल्ने छ । एपीएफ एन्फा महिला लिगको विजेतासमेत हो ।

प्रतियोगितामा १९ वटा टोलीलाई ५ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया