मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आधिकारिक वार्ता वा व्यापारिक बैठकका विषयमा उत्सुकता बढ्नेछ । नयाँ सम्झौता वा करार हुने सम्भावना पनि देखिन्छ । दैनिक काममा जीवनसाथी र सन्तानको साथ मिल्नेछ । साना कुरामा विवाद हुन सक्ने भएकाले संयम अपनाउनुहोस् । अत्यधिक आत्मविश्वासमा निर्णय नगर्नुहोस् । परीक्षा वा प्रतिस्पर्धा नजिक छ भने मनोरञ्जनभन्दा अध्ययनमा ध्यान दिनु राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सिर्जनात्मक सोच बढ्ने दिन छ । रोकिएका काम बन्नेछन् भने अध्ययन, अनुसन्धान र ज्ञानमूलक क्षेत्रमा सफलता मिल्नेछ । प्रतिस्पर्धा वा परीक्षामा राम्रो नतिजा प्राप्त हुन सक्छ । आफ्नो क्षमता र बुद्धिको सही प्रयोग गर्दा प्रतिष्ठा बढ्नेछ । साथीभाइसँग रमाइलो हुनेछ भने प्रेम सम्बन्धमा अपेक्षित खुसी मिल्ने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानातिना अवरोध आए पनि काम सहज रूपमा अघि बढ्नेछ । घरबाट शुभ समाचार प्राप्त हुन सक्छ । व्यापार वा पेशामा नयाँ अवसर मिल्ने संकेत छ । अरूको आश्वासन वा लोभमा नपर्नुहोस् । दाम्पत्य जीवन सुखद रहनेछ र परिवारमा खुसीको वातावरण रहनेछ । ज्येष्ठ सदस्यको सम्मान गर्न नबिर्सनुहोस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन वा नयाँ विषय सिक्न सहकर्मी तथा साथीको सहयोग मिल्नेछ । करियर र उच्च शिक्षासम्बन्धी योजना अघि बढ्ने सम्भावना छ । सामाजिक तथा सार्वजनिक हितका काममा सक्रियता बढ्नेछ । सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । लामो समयदेखि राखेको इच्छा पूरा हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक सम्बन्ध सुधार्ने अवसर मिल्नेछ । सामान्य विषयमा पनि विवाद हुन सक्ने भएकाले बोलीमा संयम अपनाउनुहोस् । मेहनतको उचित मूल्यांकन हुनेछ । आफन्तको सफलताले मन खुसी हुनेछ । व्यवसायबाट आम्दानी राम्रो भएपनि अनावश्यक खर्च बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्राविधिक तथा मेसिनरीसम्बन्धी काममा सफलता मिल्नेछ । बैंक तथा वित्तीय संस्थाबाट सहयोग प्राप्त हुन सक्छ । ऋण असुली वा आर्थिक कारोबारमा सकारात्मक परिणाम आउनेछ । औषधि, फर्निचर, काठ तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसायमा लाभ हुनेछ । हतारमा निर्णय नगर्नुहोस् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अचानक खर्च बढ्न सक्छ । साझेदारीमा नयाँ लगानी वा कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोस् । आर्थिक जोखिमबाट जोगिन विवेकपूर्ण निर्णय आवश्यक छ । सम्बन्धमा पारदर्शिता कायम राख्नुहोस् । साना कुरा समेत लुकाउँदा विश्वासमा समस्या आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरकारी ठेक्का, निर्माण, फर्निचर, सुनचाँदी तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा लाभ मिल्नेछ । दाजुभाइ तथा दिदीबहिनीसँग सम्बन्ध अझ सुमधुर बन्नेछ । विदेश अध्ययन वा दीर्घकालीन योजनाका लागि मेहनत गर्ने उपयुक्त समय हो । महत्त्वाकांक्षा बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घर परिवारमा सामान्य मतभेद हुन सक्छ । करियर र भविष्यका योजनामा ध्यान केन्द्रित हुनेछ । उच्च शिक्षा, व्यवस्थापन, कला तथा वाणिज्य क्षेत्रका विद्यार्थीले नयाँ अवसर पाउन सक्छन् । सामाजिक तथा राजनीतिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्ने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अचानक खुसीको समाचार प्राप्त हुनेछ । कामको सिलसिलामा यात्रा हुने सम्भावना छ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ र विवाहको कुरा अघि बढ्न सक्छ । सामाजिक तथा परोपकारी काममा रुचि बढ्नेछ । भाग्यले साथ दिने भएकाले पदोन्नति वा प्रशंसा प्राप्त हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुराना समस्या फेरि दोहोरिन सक्छन् । गोप्य कुरा बाहिरिने वा प्रशासनिक झन्झट आउन सक्ने भएकाले सावधानी अपनाउनुहोस् । सरकारी काममा ढिलाइ वा तनाव हुन सक्छ । बाहिर जाँदा आवश्यक कागजात साथमा राख्नु उपयुक्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक भ्रमण वा भविष्यको यात्राको योजना बन्नेछ । सन्तानबाट सहयोग प्राप्त हुनेछ । गुरुजन तथा अभिभावकको विश्वास कायम रहनेछ । नयाँ लक्ष्य हासिल गर्न मेहनत गर्ने समय हो । रमाइलो वातावरणमा दिन बित्नेछ । अविवाहित व्यक्तिका लागि प्रेम सम्बन्ध अघि बढ्ने सम्भावना पनि देखिन्छ ।

तपाईको प्रतिक्रिया