हेटौँडा । श्री चक्रज्योति माध्यमिक विद्यालयकाे भवन उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
त्यसैगरी बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय कञ्चनचन्द्र वादे तथा सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । उहाँले प्रदेश सरकारले शिक्षा क्षेत्रको विकास, विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेले विद्यालयको पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनु भयो । सचिव खुबीराम अधिकारीले पनि विद्यालयको समग्र विकासमा प्रदेश सरकार निरन्तर सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभए छ ।
विद्यालयको भवन उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालय परिवारले अतिथि तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको थियो ।







