विराटनगर, २१ असार
कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको स्नातक इन्जिनियरिङतर्फको पहिलो स्नातक समुहका ८२ प्रतिशत विद्यार्थीहरू पहिलो प्रयासमै व्यवसायीक ईन्जिनियर बन्न सफल भएका छन ।
नेपाल इन्जिनियरिङ परिषद्को लाइसेन्स प्राप्त गर्न सफल भएका छन ।
मनमोहन प्राविधिक विश्वविद्यालयले प्राध्यापन गराउन थालेको चार बर्षे स्नातक इन्जिनियरिङतर्फको पहिलो समुहका सिभिल अनि ईलेक्ट्रिक र इलेक्ट्रोनिक्स इन्जिनियरिङ तर्फका ८२ दशमलव ३५ प्रतिशत विद्यार्थीहरुले पहिलो प्रयासमा इन्जिनियरिङ परिषद्को लाइसेन्स प्राप्त गरेपछि उनीहरु व्यवसायीक ईन्जिनियर बन्न सफल भएका हुन ।
विश्विद्यालयको स्कुल अफ ईन्जिनियरिङका प्रशासन प्रमुख महेश राईका अनुसार विश्वविद्यालयमा चार बर्षे स्नातक ईन्जिनियरिङ अध्यन गरेका पहिलो समुहबाट ईन्जिनियरको लाइसेन्सका लागि परिक्षा दिने कुल १७ जना विद्यार्थीहरु मध्ये ८२ दशमलव ३५ प्रतिशत अर्थात १४ जना विद्यार्थीहरु उत्तिर्ण भएका छन । विश्वविद्यालयबाट चारबर्षे स्नातक ईन्जिनियरिङको परीषा उत्तीर्ण गरि परिषदबाट लाईसेन्स प्राप्त गर्न सफल विद्यार्थीहरुले अब व्यवसायिक रुपमा पनि ईन्जिनियरिङ सेवा गर्न पाउनेछन ।
परीक्षा विज्ञ ईन्जिनियर युवराज चौधरकिा अनुसार मनमोहन विश्वविद्यालबाट पहिलो पटक ईन्जिनियरिङ परिषदको परीक्षा दिनेहरुमा सिभिलतर्फ १३ जनामा ११ जनाले र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्सतर्फ ४ जनामा ३ जना पहिलो पटकमै उत्तीर्ण भएर ईन्जिनियरको लाइसेन्स प्राप्त गर्न सफल भएका छन ।
परिषदको परिक्षा उत्तीर्ण गरेर ईन्जिनियरको लाईसेन्स पाउने विद्यार्थीहरुमा सिभिलतर्फ अविनाश कुमार साह, अमित कुमार यादव, अनिशा रुचाल, अंशु रौनियार, फनिश कटुवाल,हरि पौडेल, एमडी अबु मिया सुफियान, निर्मला दाहाल, सुदर्शन गिरी, शुभुप्रभात काफ्ले र उमेश यादव छन । यसैगरि ईलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सतर्फ रोशन कुमार मेहथा , विश्वो प्रसाद साह र लव नारायण राजवंशी छन ।
कोशी प्रदेश सकारले २०७६मा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले २०७८ देखी स्कुल अफ ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्समा चार बर्षे स्नातक अध्यापन गराउन थालेको थियो ।
मोरङको बुढीगंगा गाउँपालिका ४हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले हाल ईन्जिनियरिङ र फार्मेसीतर्फ स्नातक , कानुनमा पाँच बर्षे स्नातक र दुई स्नातोकोत्तर अनि हस्पिटल व्यावस्थापनमा स्नातोकोत्तर विषय पठनपाठन गराइरहेकोे छ । साथै विभिन्न आठ वटा विषयमा तीन बर्षे डिप्लोमा पनि सञ्चालन गरिरहेको छ।
प्राविधिक विश्वविद्यालयका ८२ प्रतिशत विद्यार्थी पहिलो पल्ट नै व्यवसायीक ईन्जनियर बन्न सफल







