नेपाल र वेस्ट इन्डिजबीच हुने श्रृङ्खलाको खेल तालिकामा सामान्य हेरफेर
काठमाण्डौ । नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सामान्य हेरफेर भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको शृङ्खला यूएईमा हुनेछ ।
सरजाह क्रिकेट रङ्गशालामा हुने शृङ्खला आउँदो असोजको ११, १३ र १४ गते हुने क्यानले जनाएको छ । यसअघि खेल असोज ११, १२ र १४ गते हुने तय भएको थियो । क्रिकेट इतिहासमै नेपालले पहिलोपल्ट टेस्ट राष्ट्रसँग टी–२० अन्तर्...








