मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक अवरुद्ध
गुल्मी – पहिरोले मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध बनेको छ ।
रुरुक्षेत्र गाउँपालिका –३ को बाख्रेभीरमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक माथिबाट निरन्तर पहिरो खसिरहेको कारण सडकमा थुप्रिएको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी वर्षाका कारण पहिरो गएपछि हिजो बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी क...









