चुनावमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाण्डौ – सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो । यस्तै सरकारले जेन–जी परिषद् गठन गर्ने भएक...









