भक्तपुर निर्वाचन क्षेत्र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले मतदाताहरुको सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभएको छ ।

सोमबार भक्तपुरमा घरदैलोका क्रममा खत्रीले परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि आफु चूनावी मैदानमा होमिएको भन्दै मतदाताहरुको सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभएको हो ।

उहाले निर्वाचनअघि भक्तपुर–२ मा सवै उम्मेदवारहरुको हैसियत बराबर रहेको भन्दै निर्वाचनपछि एकजनालाई जनताले हेभिवेट बनाउने तर्क गर्नुभयो । रास्वपाले नीति र नियत दुवैलाई संगसंगै अघि बढाउने उहाले बताउनुभयो । खत्रीले यसअघिका निर्वाचित भएका नेताहरुले समस्या सम्बोधन गर्न नसकेको गुनासो जनताले गरेको उल्लेख गर्नुभयो ।

आसन्न प्रतिनिधसिभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा कुल ३२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा ९८ हजार ३५६ मतदाता छन्, जसमा नयाँ मतदाताको संख्या ६ हजार ४४५ जना रहेका निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया