ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने झापा एक सहित १४ जना पक्राउ

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने झापा एक सहित १४ जना पक्राउ
विराटनगर / प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी–४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका–२ का ४७ वर्षीय भिमबहादुर...

पर्सा बहुदरमाई नगरपालिकाको ठेक्कापट्टामा भ्रष्टाचार

पर्सा बहुदरमाई नगरपालिकाको ठेक्कापट्टामा भ्रष्टाचार
काठमाडौं । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा सडक मर्मतको ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। बहुदरमाई नगरपालिका वडा नं. २ अन्तर्गत बैरिया पानीटंकी प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत तथा कालोपत्रे गर्ने कार्यका लागि आ.व. २०८०/८१ मा ठेक्का लगाउँदा मिलेमतो गरी भ्रष्टाच...

नाडा अटोमोबाइल्स एशोसिएशनको साधारणसभा सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएशनको साधारणसभा सम्पन्न
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ। संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५४८ सदस्यहरूमध्ये १ हजार ४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको छ। साथै कार्यक्रम संस्थाको...

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा राष्ट्रिय स्तरका क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापा बिहीबार बिहानका राति दुर्घटनामा परेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त...

ज्ञानेन्द्र शाही ६ क्षेत्रबाट उम्मेदवार सिफारिस

ज्ञानेन्द्र शाही ६ क्षेत्रबाट उम्मेदवार सिफारिस
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई देशका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।राप्रपाको केन्द्रीय समितिको निर्णयअनुसार शाहीलाई जुम्ला, ललितपुर-१, भक्तपुर-१, रुपन्देही-२, सुर्खेत-२ र कञ्चनपुर-२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। ...

सर्पदंशको निःशुल्क उपचार सेवा दिंदै लेटाङ नगरपालिका, २४ घण्टे सेवा उपलब्ध

सर्पदंशको निःशुल्क उपचार सेवा दिंदै लेटाङ नगरपालिका, २४ घण्टे सेवा उपलब्ध
लेटाङ / लेटाङ नगरपालिकाले निःशुल्क रुपमा सर्पदंश उपचार सेवा उपलब्ध गराउँदै आएको छ । २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भएपनि गतवर्षदेखि आधिकारीक रुपमा दर्ता गरि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा प्रदान गर्न थालिएको हो । सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गतवर्ष मंसिरमा आधिकारीक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक उपचार सेवा केन्द्र लेटाङ नाममा दर्...

विराटनगरमा सक्रिय क्षयरोग खोजपडताल अभियान, ५ जना नयाँ बिरामी पहिचान

विराटनगरमा सक्रिय क्षयरोग खोजपडताल अभियान, ५ जना नयाँ बिरामी पहिचान
विराटनगर / क्षयरोगमुक्त अभियान नेपालअन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’ अन्तर्गत सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ । महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा क्षयरोगको उच्च जोखिममा रहेका लक्षित समुदायका व्यक्ति...

निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन

निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो । अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबा...

पौष १० गते बिहिबार, यस्तो छ तपाईको राशिफल

पौष १० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । खर्च लागेपनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि,...

निर्वाचन सरकारको मुख्य कार्यभार -गृहमन्त्री अर्याल

निर्वाचन सरकारको मुख्य कार्यभार -गृहमन्त्री अर्याल
कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताउनुभएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्य...