सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा
गण्डकी- तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा पोखरा पंक्षी समाजले उक्त पुस्तक प्रकाशन गरेको हो । चराको पहिचान तथा तथ्याङ्क सङ्कलनका लागि उक्त क्षेत्रमा स्थलगत रुपमा दुुई वर्षको अन्तरालमा विभिन्न चार चरणमा पोखरा पक्षी समाजका अध्...

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्धारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ । नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरह...

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज : कांग्रेस, एमाले, नेकपालगायत दलहरु भागबन्डाको अन्तिम प्रयासमा

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज : कांग्रेस, एमाले, नेकपालगायत दलहरु भागबन्डाको अन्तिम प्रयासमा
काठमाण्डौ – राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आउँदो माघ ११ गते लागि राष्ट्रियसभा सदस्य चुनाव गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि चुनाव हुन लागेको हो । राष्ट्रिय सभामा आउँदो फागुन २० गतेदेखि १९ जना सांसद बिदा हुँदैछन् । त्यसमध्ये १८ सिटका लागि आज मनोनयन हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पन...

ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहरसहित प्रदीप परियारसहित ७ जनालाई सफाइ

ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहरसहित प्रदीप परियारसहित ७ जनालाई सफाइ
काठमाण्डौ – विशेष अदालतले काठमाण्डौ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित सबैलाई सफाइ दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहर गर्दै परियारसहित सबैलाई सफाइ दिने फैसला गरेको हो । फैसलामा आधार कारणसमेतबाट प्रतिवादीहरू प्रदीप परियार, रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र ...

इजरायल र ओमानसँग नयाँ श्रम समझदारीको तयारी

इजरायल र ओमानसँग नयाँ श्रम समझदारीको तयारी
काठमाडौँ, पुस २३ गते । सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ । यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर) मा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक पठाउने गरेकोमा अब केयरगिभरको होम टु होम काम गर्ने र कृषिक्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी स्वीकृति भएको हो । सोमबार बसेको मन्त्रीपरिषद्को बै...

आजको राशिफल ~वि.सं. २०८२ पौष २३ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ पौष २३ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय हो । आज तपाईंको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा अल्छीपन छाउन सक्छ । ठूला हानी त नहोला तर काममा बाधा पुर्‍याउने व्यक्तिहरूका कारण अपेक्षित प्रगति नहुन सक्छ । जागिरमा पनि समस्या देखा पर्न सक्छ । वृष परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा ...

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह
काठमाण्डौ – गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो । सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्याउन...

देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस

देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ । हिजो/अस्तिको भन्दा पनि आज तापक्रम घटेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस र अस्ति आइतवा...

देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छः मन्त्री घिसिङ

देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छः मन्त्री घिसिङ
भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठाएर देशको मुहार फेर्नुपर्ने बेला आएको बताएका छन्। भक्तपुरमा आज नागरिक भेटघाट एवं छलफल कार्यक्रममा उनले अब हरेक नागरिकले आफ्ना लागिभन्दा देशका लागि केही दिऔँ भनेर अगाडि बढ्नुपर्ने बताए। मन्त्री घिसिङले भने, 'देशले परिवर्तन खोजेको छ, त्यसैले यथास्थितिबाट माथि उठ्न मैले के पाएँ भन्नुभन्दा पनि देशले के पायो ? देशलाई के दि...

रास्वपाको बृहत् राजनीतिक समायोजन

रास्वपाको बृहत् राजनीतिक समायोजन
काठमाडौँ, पुस २२ गते । नवयुवा (जेनजी) आन्दोलनपछि मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन कायम आमनागरिकको आकाङ्क्षा पूरा गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजन अभियान सुरु गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने सङ्कल्पसहित रास्वपाले वैकल्पिक पार्टीसँगको एकतालाई प्राथमिकता दिँदै आएको छ । यसै ...