एमाले बैठकले पुर्व राष्ट्रपति भण्डारीको पार्टीमा हुने भुमिकाबारे निर्णय सार्बजनिक गर्ने
काठमाडौं, ६ साउन । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखिसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पहिलो दिने ४९ जनाले आफ्नो धारणा राखेका थिए, अब ७७ जनाले आफ्नो धारणा राखेपछि आजै बैठक सम्पन्न हुने पनि गौतमले जानकारी दिए । आजको बैठकमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार...









